Biography of lekh nath poudel small
Biography of lekh nath poudel small
Biography of lekh nath poudel small cap.
लेखनाथ पौड्याल
लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]लेखनाथको जन्म बाबू दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा वि.स.
१९४१ पुष शुक्ल एकादशीको दिनमा भयो।[१] ५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो; उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढे। उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुर्या